सरकारले पेट्रोलियम खपत घटाउन जोर–बिजोर प्रणाली लागू गर्ने संकेत

User Image Prime TV News एक महिना अगाडि
Image of सरकारले पेट्रोलियम खपत घटाउन जोर–बिजोर प्रणाली लागू गर्ने संकेत

काठमाडौ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन यातायातमा जोर–बिजोर प्रणाली लागू गर्न सक्ने संकेत दिएको छ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकमा यसबारे छलफल भएको र बैठकपछि निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पछिल्लो समय बढ्दो इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न विशेष नीतिगत कदम उठाइएको जानकारी दिइन्।

त्यस क्रममा, सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको पनि उनले बताइन्। मन्त्री रावलले भनिन् कि पछिल्लो १५ दिनमा करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भएको तथ्याङ्क प्रस्तुत गरिएको छ।

इन्धन खपत घटाउन सरकारले आइतबार सार्वजनिक बिदा दिने, जोर–बिजोर प्रणाली लागू गर्ने, साथै विद्युतीय सवारी (ईभी) र इथानोलको प्रयोग प्रोत्साहन गर्ने नीति अघि सारेको छ।