कान्तिपुर फिल्म एकेडेमीको नयाँ नाटक ‘सेतो धरती’ चैत २७ देखि मञ्चन हुँदै

User Image Prime TV News ३ महिना अगाडि
Image of कान्तिपुर फिल्म एकेडेमीको नयाँ नाटक ‘सेतो धरती’ चैत २७ देखि मञ्चन हुँदै

काठमाडौ । चर्चित लेखक अमर न्यौपानेको मदन पुरस्कार विजेता पुस्तक ‘सेतो धरती’ लाई आधार बनाई निर्माण गरिएको नाटक ‘सेतो धरती’ चैत २७ गतेदेखि मञ्चन हुने भएको छ। नाटकको मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमाल प्रस्तुत हुनेछन्।

यस नाटकको निर्माता रेखा थापा र निर्देशक सुन्दर धिताल रहेका छन्। सुन्दर धितालले पहिले रेखा थापाको डेब्यु नाटक ‘मीरा’ निर्देशन गरिसकेका छन् भने रेखा थापाले पनि कान्तिपुर फिल्म एकेडेमीबाट आफ्नो रंगमञ्च यात्रा सुरु गरेकी थिइन्।

हाल नाटकको रिहर्सल प्रक्रिया तीव्र गतिमा भइरहेको छ। यसमा बेनिशासहित फिल्म, थिएटर र कान्तिपुर फिल्म एकेडेमीका गरी ३० भन्दा बढी कलाकारहरू एकै पटक मञ्चमा देखिनेछन्। कान्तिपुर फिल्म एकेडेमीले यसअघि दीपक सिंजालीको उपन्यास ‘मीरा’ र पारिजातको ‘शिरीषको फूल’ लाई नाटकका रूपमा प्रस्तुत गरेको अनुभव पनि रहेको छ।

एकेडेमीका सीईओ प्रकाश पुरीका अनुसार, यस प्रयासको उद्देश्य रंगमञ्च, सिनेमा र साहित्यलाई जोड्दै चर्चित पुस्तकहरूलाई मञ्चमा ल्याउनु हो। नाटकको मञ्चन अवधि: चैत २७ देखि वैशाख १९ गतेसम्म, प्रत्येक शनिवार।