नयाँ वर्षपछि कांग्रेसले दलको नेता छान्ने

User Image Prime TV News एक महिना अगाडि
Image of नयाँ वर्षपछि कांग्रेसले दलको नेता छान्ने

काठमाडौ । नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ वर्ष २०८३ पछि मात्रै छान्ने भएको छ।

दलको नेता छान्न पार्टीले निर्वाचन समिति बनाएको छ। सभापति गगन थापाले प्रकाश स्नेही रसाइलीको नेतृत्वमा समिति गठन गरेका हुन्। समितिले नयाँ वर्षपछि मात्रै प्रक्रिया अघि बढाउने जनाएको छ। रसाइलीका अनुसार पहिलो प्रयास सहमतिमै नेता छान्ने हुनेछ।

गत निर्वाचनमा कांग्रेसले ३८ सिट जितेर प्रमुख प्रतिपक्षी दल बनेको छ। त्यसैले दलको नेता बन्न धेरै सांसद इच्छुक देखिएका छन्। हालसम्म भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्य र भरत खड्कालगायतले दाबी गरेका छन्। पार्टीभित्र भने दुई समूहबीच मतभेद देखिएको छ। त्यसैले सहमतिमा नेता छान्ने प्रयास भइरहेको छ।