अमेरिकी डलर महँगियो, युरो र पाउन्ड घट्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढेको छ।
अमेरिकी डलरको खरिददर १४१.६६ र बिक्रीदर १४२.२६ रुपैयाँ तोकिएको छ। यता, युरो, पाउन्ड, अस्ट्रेलियन डलर र कुबेती दिनारको मूल्य घटेको छ।
राष्ट्र बैंकले विनिमय दर आवश्यक परेमा संशोधन गर्न सक्ने जनाएको छ। अधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न सकिन्छ।