साम्पाङले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा
Prime TV News ११ महिना अगाडि 
काठमाडाै । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की लाई जेएनजी (Gen Z) आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिन आग्रह गरेका छन्।
उनले सो उद्गार व्यक्त गर्दै भनेका छन्: “सुशीला जी, तपाईँले जेन्गीको मर्म अनुरूपको काम गर्न सक्नु भएन। राजीनामा दिनुस् ! म गर्छु -उनीहरूको माग एक–एक गरेर पूरा।”
मेयर साम्पाङले आफ्नो कुरा सामाजिक सञ्जाल र सम्बद्ध संवाद माध्यमहरूमा राखेका छन्। उनी यसअघि जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्रीको दावी गर्दै काठमाडाै आएका थिए ।







