प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिमा संशोधन छलफल सुरु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सञ्चालन नियमावलीमा आवश्यक संशोधनबारे छलफल बिहीबारदेखि मस्यौदा समितिमा सुरु हुँदैछ।
बुधबार सिंहदरबारमा बोलाइएको बैठकमा समितिले नयाँ नियमावली तयार गर्ने तयारी गर्दै भोलिदेखि संशोधन गर्नुपर्ने विषयबारे नियमित छलफल सुरु गर्ने सहमति गरेको हो। १५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन्। बैठकमा सहभागी सांसद निश्कल राईका अनुसार सभापतिले नियमावलीको परिच्छेद १ देखि ८ वाचन गर्नुभएको थियो र आवश्यक संशोधन भए भोलि लिएर आउन भनिएको छ।
समितिका सदस्यहरूमा ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल रहेका छन्।
समितिले संशोधन पूरा गरेपछि नियमावलीलाई प्रतिनिधिसभामा पेश गर्ने तयारी गर्नेछ।







