पेट्रोलियम मूल्यवृद्धिपछि सवारी साधन भाडा बढ्यो
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले सवारी साधनको भाडा पनि बढाएको छ। राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए अनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ।
पहाडी क्षेत्रका मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रका मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ। सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले भाडा समायोजन गर्नुपर्ने भएको बताए।







