एमालेले रास्वपा सांसद यादवको अभिव्यक्ति रेकर्डबाट हटाउन माग
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले रास्वपाका सांसद पुरुषोतम यादवले पार्टी अध्यक्ष केपी शर्मा ओलीबारे दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेको छ।
सांसद साजिदा खातुन सिद्धीकीले प्रतिनिधिसभाको बैठकमा आपत्ति व्यक्त गर्दै भनिन्, “एक माननीयले मेरो पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको तुच्छ व्यवहार अस्वीकार्य छ। यस अभिव्यक्तिलाई रेकर्डबाट हटाइयोस्।”
यादवले चैत १९ मा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलको सम्बोधनप्रति आपत्ति जनाउँदै ओलीको कुविचार भएको आरोप लगाएका थिए। उनले भनेका थिए, “आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्नेथ्यो, त्यो हस्पिटलको बेडमा छ। त्यही बेडबाट कुविचार संसदसम्म पठाउँदैछ।”







