रास्वपाको समर्थन संगै रुबीकुमारी ठाकुर बन्ने भइन् कम उमेरकी उपसभामुख
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । श्रम-संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का भएको छ। रास्वपाले उनलाई समर्थन गर्ने घोषणा गरेसँगै उनको चुनाव तय भएको हो। रुबीकुमारी २५ वर्षकी मात्र भइन् र यसरी नेपालकै सबैभन्दा कम उमेरकी उपसभामुख बन्ने भएकी छन्। उनी हालको संसदकै कान्छी सदस्य पनि हुन्।
धनुषा जिल्लाको सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीसँग राजनीतिक पृष्ठभूमि थिएन। उनका बाबु सोगराथ ठाकुर वैदेशिक रोजगारीमा साउदीअरेबमा छन् भने आमा रेणु गृहिणी हुन्। उनीसँग ४ बहिनी र २ भाइ पनि छन्।
उनले बलरा पोलिटेक्निक, धनुषाबाट ३ वर्षे डिप्लोमा (इन्जिनियरिङ) पूरा गरेकी छन्। सांसद बन्नुअघि उनी वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गर्थिन्। उनको राजनीतिक यात्रा चुनावी अभियानको क्रममा सुरु भयो, जब हर्क साम्पाङ धनुषा पुगेका बेला रुबीकुमारीले पहिलो पटक उनलाई भेटिन्। त्यसपछि उनी पार्टीको प्रचार-प्रसारमा सक्रिय भइन् र मधेसी महिला कोटाबाट समानुपातिक सांसद बनिन्।
रुबीकुमारीको उपसभामुख बन्ने यात्रा युवा महिला नेतृत्वको प्रेरणा बनेको छ।







