विश्वप्रकाश शर्मा: देउवा घरमा भेटिएको भनिएको पैसाको निष्पक्ष छानबिन होस्

User Image Prime TV News ११ महिना अगाडि
Image of विश्वप्रकाश शर्मा: देउवा घरमा भेटिएको भनिएको पैसाको निष्पक्ष छानबिन होस्

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा फेला परेको भनिएको रकमबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री शर्माले सामाजिक सञ्जालमा चलेको हल्लालाई टुंग्याउन सरकारले आधिकारिक रूपमा अनुसन्धान सुरु गर्नुपर्ने बताए।

कि त बुढानीलकण्ठ (देउवा निवास) ले जवाफ दिनुपर्छ कि त सरकारले छानबिन सुरु गर्नुपर्छ। पैसा कहाँबाट आयो, कसरी आयो भन्ने कुरा अब खुल्नुपर्छ,”

उनले अवैध सम्पत्तिको विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै आवश्यक परे आफूबाटै सुरु गर्न आग्रह गरे ।तर सभापतिको कुरा होस् वा सुन प्रकरण वा अरू कुनै-सबैको निष्पक्ष छानबिन हुनु जरूरी पर्ने उनले बताए ।

महामन्त्री शर्माले कांग्रेस पार्टीले आगामी फागुनमा हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा युवा पुस्तालाई प्राथमिकता दिने स्पष्ट पारे।