नेप्सेमा आज हरियाली, ४८ दशमलव ७१ अंकले उकालो लाग्दै २,८५१ विन्दुमा
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपाल स्टक एक्सचेञ्जको परिसूचक नेप्से आज पनि उल्लेख्य रूपमा बढेर बन्द भएको छ। आज नेप्से ४८ दशमलव ७१ अंकले उकालो लाग्दै २,८५१ विन्दुमा पुगेको हो। बजारमा आज लगानीकर्ताको उत्साह देखिएको छ, जसका कारण अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ।
आज सबै १३ वटै उपसूचकको सेयर मूल्यमा हरियाली छाएको छ । परिसूचक बढेको दिन बजारमा करिब १० अर्ब रुपैयाँको कारोबार भएको छ । आज ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर १ लाख ८ हजार ८६९ पटक खरिद बिक्री हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अगाडि रहेको छ, जसको ४३ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै रिडी पावर कम्पनी र हिमालयन रिइन्सुरेन्स पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्।







