सभा-सम्मेलन शान्तिपूर्ण र अहिंसात्मक ढंगले गर्न सरकारको आग्रह
Prime TV News ११ महिना अगाडि 
काठमाडौं। सरकारले हालको संवेदनशील अवस्थामा सभा, सम्मेलन र विरोध कार्यक्रमहरू शान्तिपूर्ण रूपमा, अन्य पक्षलाई उत्तेजित नपार्ने ढंगले सञ्चालन गर्न सबै पक्षलाई आग्रह गरेको छ।
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शनिबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वजनिक कार्यक्रम गर्दा अहिंसात्मक र संयमित व्यवहार अपनाउन अनुरोध गरेका छन्।
मन्त्रालयले यस्तो कार्यक्रमले सार्वजनिक सुरक्षामा असर नपार्ने, कानूनविपरीत गतिविधि नगर्ने र अन्य पक्षलाई उक्साउने व्यवहारबाट टाढा रहनु पर्ने स्पष्ट पारेको छ।
उक्त विज्ञप्ति प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट युवा संगठनद्वारा आज आयोजना गरिएको दशैं भेटघाट कार्यक्रमको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो।
मन्त्रालयले सबै राजनीतिक दल तथा सङ्गठनलाई कानुनी दायराभित्र रही शान्तिपूर्ण कार्यक्रम गर्न पुनः आग्रह गरेको छ।







