रास्वपाले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपाले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ठाकुरलाई मतदान गर्ने निर्णय गरेको हो। बैठकपछि प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन्।

उनका अनुसार संसदीय दलको बैठकले उपसभामुख निर्वाचनमा ठाकुरलाई समर्थन गर्ने निर्णय पारित गरेको हो। बैठकमा पार्टी सभापति तथा सांसदहरू सहभागी थिए। रास्वपाले आगामी उपसभामुख निर्वाचनमा आफ्ना सांसदहरूलाई ठाकुरलाई मतदान गर्न निर्देशन दिएको जनाएको छ।

श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णयसँगै उपसभामुख निर्वाचनमा राजनीतिक समीकरण थप रोचक बनेको छ।