न्यौपानेले लिइन् शपथ

User Image Prime TV News एक महिना अगाडि
Image of न्यौपानेले लिइन् शपथ

काठमाडौ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध भएकी छन् । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले कांग्रेस सांसद न्यौपानेलाई सभापति पदमा निर्विरोध चयन गरेको हो ।

यसअघिका सभापति कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो । बैठकमा समिति सदस्य रामहरि खतिवडाले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन गरेका थिए ।

यस्तै नवनिर्वाचित सभापति न्यौपानेले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापति न्यौपानेलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । सपथपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति न्यौपानेले समितिमा रहेका विधेयकहरुलाई गम्भीर रुपमा अध्ययन गरि अघि बढाउन प्रयास गर्ने बताइन् ।

उनले समितिमा रहेका प्रहरी र सशस्त्र प्रहरी विधेयकलाई संसदको चालू अधिवेशनमा नै पेश गर्नका लागि छलफल गर्ने उल्लेख गरिन् । पद तथा गोपनीयताको शपथपछि सभापति न्यौपानेले बुधबार नै कार्यभार सम्हालेकी छन् ।