अमेरिका–इरान वार्ता निष्कर्षविहीन, सहमति हुन सकेन
Prime TV News ३ हप्ता अगाडि 
काटमाडौ । अमेरिका र इरानबीच जारी शान्ति वार्ता कुनै निष्कर्षमा पुग्न सकेको छैन। अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले लामो समयसम्म भएको छलफलपछि पनि सहमति नजुटेको स्पष्ट पारेका छन्।
पाकिस्तानमा भइरहेको वार्ताबारे पत्रकार सम्मेलन गर्दै उनले करिब २१ घण्टासम्म लगातार वार्ता चले पनि कुनै ठोस नतिजा निस्कन नसकेको जानकारी दिए। उनले भने, “नराम्रो खबर यही हो—हामी सम्झौतामा पुगेनौँ।”
उनका अनुसार इरान अमेरिकाले राखेका सर्तहरूमा सहमत हुन तयार देखिएको छैन। यही कारण वार्ता अड्किएको हो। दुवै देशबीच लामो समयदेखि तनाव कायम रहँदै आएको छ।
यस्तो अवस्थामा यति लामो वार्तापछि पनि सहमति नहुनु चिन्ताजनक मानिएको छ।







