बर्नमाउथले आर्सनललाई २–१ ले हरायो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बर्नमाउथले आर्सनललाई २–१ ले हरायो

काठमाडौ । इंग्लिस क्लब एएफसी बर्नमाउथले इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनललाई २–१ ले हराएको छ ।

शनिबार बर्नमाउथलाई आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा जित दिलाउन एली जुनियर क्रौपी र एलेक्स स्कटले समान एक गोल गरे ।आर्सनलका भिक्टोर ग्योकेरेसले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । बर्नमाउथले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो ।

खेलको १७औँ मिनेटमा क्रौपीले बर्नमाउथलाई अग्रता दिलाए । तर, बर्नमाउथले यो अग्रता पहिलो हाफको मध्याह्नमै गुमायो । ३५औँ मिनेटमा आर्सनलका ग्योकेसले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई खेलमा फर्काएका थिए । यसपछि, ७४औँ मिनेटमा स्कटले गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरेका हुन् ।

जितसँगै बर्नमाउथले तालिकामा ४५ अंक जोडेको छ । बर्नमाउथले ३२ खेल खेल्दा १० जित, १५ बराबरी र सात हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित आर्सनललाई भने हारसँगै धक्का लागेको छ ।

आर्सनललाई जित निकाल्दै दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी बढाउने अवसर थियो । तर, हारसँगै आर्सनलले ३२ खेल पूरा गर्दै ७० अंक जोडेको छ ।