इरानसँगको वार्तापछि आफू चिन्तित नभएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इरानसँगको वार्तापछि आफू चिन्तित नभएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तापछि पनि आफू चिन्तित नभएको बताएका छन्। शनिबार ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

ट्रम्पले अमेरिका युद्धको अवस्थामा अगाडि रहेको दाबी गर्दै इरानलाई जसरी पनि जित्ने बताएका छन्। उनले इरानको नौसेनासँग रहेका जहाजहरू र माइन ड्रपरहरू नष्ट भइसकेको दाबी पनि गरेका छन्। पानीमा केही माइनहरू बाँकी हुन सक्ने भए पनि त्यसलाई हटाउन अमेरिकी माइन स्वीपरहरू तैनाथ रहेको उनले बताए।

यसअघि पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता भएको थियो। तर उक्त वार्ता कुनै सहमतिमा पुग्न सकेन। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता निष्कर्षविहीन भएको जानकारी दिएका छन्। इरानसँगको तनावका बीच ट्रम्पको यो अभिव्यक्तिले अमेरिका–इरान सम्बन्ध थप जटिल बन्न सक्ने संकेत देखिएको छ।