भारत भ्रमणका लागि प्रधानमन्त्री शाहलाई मोदीको निम्तो, भारत भ्रमणको तयारी सुरु

User Image Prime TV News ३ हप्ता अगाडि
Image of भारत भ्रमणका लागि प्रधानमन्त्री शाहलाई मोदीको निम्तो, भारत भ्रमणको तयारी सुरु

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी सुरु भएको छ। यद्यपि यसबारे नेपाल सरकारले औपचारिक घोषणा भने अझै गरेको छैन।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार प्रधानमन्त्री शाहले भारत भ्रमणको निम्तो स्वीकार गरिसकेका छन्। अब भ्रमणको मिति र समय भने दुवै देशका सम्बन्धित निकायले मिलाएर तय गर्नेछन्। हाल मौरिसस मा आयोजित कार्यक्रममा सहभागी रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै मोदीले शुभकामना सन्देशमार्फत नै निम्तो दिएको जानकारी दिएका छन्।

यसैबीच, मन्त्री खनालले भारतका विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता पनि गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध र नयाँ सरकारका प्राथमिकताबारे छलफल भएको बताइएको छ। प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।