विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको नेत्रविक्रम चन्द विप्लवले गरे विरोध

User Image Prime TV News ३ हप्ता अगाडि
Image of विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको नेत्रविक्रम चन्द विप्लवले गरे विरोध

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको विरोध गरेका छन्। उनले विद्यार्थी संगठनहरूलाई समर्थन गर्दै आन्दोलनलाई अझ सशक्त बनाउन आग्रह गरेका छन्।

विप्लवले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो कदम निरङ्कुश प्रवृत्तिको संकेत भएको बताएका छन्। उनका अनुसार विद्यार्थी संगठनहरू समाजमा सचेतना फैलाउने, अन्यायविरुद्ध आवाज उठाउने र परिवर्तनको नेतृत्व गर्ने शक्ति हुन्।

उनले विद्यार्थी आन्दोलन इतिहासदेखि नै महत्वपूर्ण परिवर्तनमा अग्रपंक्तिमा रहेको उल्लेख गरेका छन्। अहिलेका सरकारहरू निर्माणमा पनि विद्यार्थी र जनसंगठनहरूको भूमिका रहेको उनको भनाइ छ। विप्लवले ती संगठनहरूको योगदानलाई बेवास्ता गरेर उनीहरूलाई कमजोर बनाउन खोजिए त्यसको असर गम्भीर हुने चेतावनी पनि दिएका छन्।

विद्यार्थी संगठन खारेज गर्ने विषयलाई लिएर विभिन्न राजनीतिक दल र नेताहरूबीच बहस जारी रहेको छ।