राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहाल बीच भेटवार्ता
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल बीच राष्ट्रपति भवनमा शिष्टाचार भेट भएको छ।
राष्ट्रपति कार्यालयका अनुसार भेटमा अध्यक्ष दाहालले आफू टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा सहभागी हुने जानकारी दिएका थिए। त्यस अवसरमा दुवै नेताबीच समसामयिक विषयहरूबारे सामान्य छलफल भएको बताइएको छ।
यो भेटलाई औपचारिक शिष्टाचार भेटका रूपमा लिइएको छ।







