राष्ट्रिय क्रिकेटर करण केसीलाई कारबाही

User Image Prime TV News ३ हप्ता अगाडि
Image of राष्ट्रिय क्रिकेटर करण केसीलाई कारबाही

काठमाडौ । खेल भावना विपरीत अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय क्रिकेटर करण केसीलाई कारबाही गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई एक खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। क्यानका अनुसार उनलाई खेलको पारिश्रमिक पनि नदिने निर्णय गरिएको छ।

करण केसीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा अम्पायर सम्बन्धी प्रश्न राख्दै स्टाटस लेखेका थिए। उनले “कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ?” भनेर प्रश्न गरेका थिए।

पछि उनले उक्त स्टाटस हटाएर माफी पनि मागेका थिए। तर माफी मागे पनि क्यानले अनुशासन उल्लङ्घन भएको भन्दै कारबाही गरेको हो। क्यानको यो निर्णयपछि खेलाडीको सामाजिक सञ्जाल प्रयोग र अनुशासनबारे फेरि बहस सुरु भएको छ।