इन्धन बचतका लागि महानगरको ‘कार पुलिङ’ नयाँ व्यवस्था
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । काठमाडौं महानगरपालिकाले कर्मचारीहरूका लागि सवारी साधनको प्रयोगमा नयाँ प्रणाली लागू गरेको छ। महानगरले ‘कार पुलिङ’ प्रणाली कार्यान्वयनमा ल्याएको हो, जसअन्तर्गत सवारी साधन आलोपालो प्रयोग गरिनेछ।
कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन कटौतीपछि देखिएको समस्या समाधान गर्न यो कार्यक्रम सुरु गरिएको हो। उनले विश्वभर इन्धन अभावको अवस्था रहेकाले पुरानै शैलीमा सवारी साधन प्रयोग गर्दा अत्यावश्यक सेवामा असर पर्न सक्ने बताएकी छन्। त्यसैले इन्धन खपत घटाउन ‘कार पुलिङ’ आवश्यक भएको उनको भनाइ छ।
महानगरपालिकाले ४८ औं कार्यपालिका बैठकबाट इन्धन कोटामा समेत कटौती गरिसकेको छ। नयाँ प्रणालीअनुसार कर्मचारीहरूलाई बसोबास क्षेत्रका आधारमा समूहमा विभाजन गरिएको छ। एउटै क्षेत्रमा बस्ने कर्मचारीहरूले एउटै सवारी साधन आलोपालो प्रयोग गरी कार्यालय आउने–जाने व्यवस्था मिलाइनेछ।







