मन्त्री महावीर पुनद्वारा जेनजी आन्दोलनका घाइतेको अवस्थाबारे जानकारी


काठमाडाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर उनले घाइतेहरूको उपचार प्रक्रिया र अवस्थाबारे चिकित्सकहरूसँग छलफल गरेका थिए। मन्त्री पुनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।
उनका अनुसार, घाइतेहरूले आफ्नो स्वास्थ्यभन्दा पनि देश र जनताको चिन्ता गरेको भाव देखिएको छ। ट्रमा सेन्टरमा एक जना घाइतेको आइसीयूमा उपचार भइरहेको छ भने अन्यको अवस्था क्रमशः सुधारोन्मुख छ।
मन्त्री पुनले आन्दोलनकारीहरूसँगको संवादमा उठाइएका माग र सुझावहरू सरकारसमक्ष राखिने प्रतिबद्धता जनाए। साथै, प्रधानमन्त्रीले सार्वजनिक गरेका निर्णयहरू कार्यान्वयन गर्न अन्तरिम सरकार प्रतिवद्ध रहेको उनले बताए।