दक्षिणकालीमा कार भिरबाट खस्दा एक जनाको मृत्यु

User Image Prime TV News ३ हप्ता अगाडि
Image of दक्षिणकालीमा कार भिरबाट खस्दा एक जनाको मृत्यु

काठमाडौ । दक्षिणकाली नगरपालिकामा कार भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा.ए.बी ५२८१ नम्बरको कार दक्षिणकाली नगरपालिका–९ रानीमडाँडा क्षेत्रमा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार कार सडकबाट करिब ७ सय मिटर तल खसेको थियो। दुर्घटनामा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्का को घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनापछि प्रहरी र स्थानीयले कार सडकमा निकाल्ने प्रयास गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।