गृहमन्त्री सुदन गुरुङले अब पिर्के सलामी नलिने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of गृहमन्त्री सुदन गुरुङले अब पिर्के सलामी नलिने

काठमाडौ । गृहमन्त्री सुधन गुरूङले अबदेखि सलामी नलिने बताएका छन्। शनिबारदेखि अवलोकन भ्रमणमा रहेका गृहमन्त्री आइतबार नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका थिए। त्यहाँ उनले सलामी नलिने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार गृहमन्त्रीले “पिर्के सलामी नलिने” बताएका हुन्। पछिल्लो समय सरकारी पदाधिकारीहरूले सलामी लिने अभ्यासलाई लिएर आलोचना हुँदै आएको थियो। यसैबीच, नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटना बढेको भन्दै स्थानीयहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

नवलपुरका सांसद राजन गौतम सहितको टोलीले उनलाई ज्ञापनपत्र पनि बुझाएको छ। स्थानीयका अनुसार विभिन्न उद्योगबाट निस्किएको फोहोर पानी खोलामा मिसिँदा वन्यजन्तु प्रभावित भएको छ। घटनाबारे छानबिन र समाधान गर्न माग गरिएको छ।