भट्टराई दम्पती नयाँ दिल्लीमा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक बाबुराम भट्टराई भारतको नयाँ दिल्ली पुगेका छन्। उनी पत्नी तथा पूर्वमन्त्री हिसिला यमी दिल्ली पुगेका हुन्। उनीहरूलाई विमानस्थलमा नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए।
दूतावासका काउन्सिलर पोलिटिकल रविन्द्र राजभण्डारीले उनीहरूलाई पुष्पगुच्छा दिएर स्वागत गरेका हुन्। भट्टराई भारतमा हुने दुई कार्यक्रमहरूमा सहभागी हुनेछन्। उनले वैशाख १ गते डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा भाग लिनेछन्।
त्यसपछि भोलिपल्ट नयाँ दिल्लीमै रहेको साउथ एसियन युनिभर्सिटीमा हुने अर्को कार्यक्रममा उनले सम्बोधन गर्नेछन्। दुवै कार्यक्रम सकेर उनी सोही दिन साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ।







