सरकारी अस्पतालमा छिट्टै डिजिटल रिपोर्ट प्रणाली लागू हुने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सरकारी अस्पतालमा छिट्टै डिजिटल रिपोर्ट प्रणाली लागू हुने

काठमाडौ । स्वास्थ्यमन्त्री निशा मेहताले सरकारी अस्पतालहरूमा छिट्टै डिजिटल प्रणालीबाट स्वास्थ्य रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताएकी छन्। आइतबार वीर अस्पतालको अनुगमनका क्रममा उनले बिरामी र उनका आफन्तहरूको गुनासो सुनेकी थिइन्। बिरामीहरूले स्वास्थ्य परीक्षणको रिपोर्ट ढिलो आउने समस्या रहेको बताएका थिए।

मन्त्री मेहताका अनुसार अब बिरामीले रिपोर्ट लिन अस्पताल धाउन नपर्ने गरी डिजिटल माध्यमबाट नै रिपोर्ट उपलब्ध गराउने तयारी भइरहेको छ। अस्पताल प्रशासनले भने दैनिक करिब ५ हजार बिरामीले बहिरंग सेवा लिने भएकाले रिपोर्टमा ढिलाइ हुने गरेको जनाएको छ।

अनुगमनका क्रममा मन्त्री मेहताले बिरामीलाई अस्पताल बाहिरबाट औषधि किन्नुपर्ने अवस्था अन्त्य गर्न पनि निर्देशन दिएकी छन्। उनले छिट्टै स्वास्थ्य क्षेत्र सुधारका योजना सार्वजनिक गरिने पनि जानकारी दिएकी छन्। साथै, सरकारको निर्देशनपछि सार्वजनिक बिदाको दिन आइतबार पनि अस्पतालहरूमा बहिरंग सेवा सञ्चालन गरिएको छ।