कांग्रेसभित्र एकता कायम गर्न युवा नेताहरूले पहल सुरु
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र एकता कायम गर्न युवा नेताहरूले पहल सुरु गरेका छन्। आइतबार काठमाडौंको अनामनगरमा भेला भएर उनीहरूले पार्टीलाई एकताबद्ध बनाउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन्।
नेता नैनसिंह महरका अनुसार पार्टीभित्र बढ्दो ध्रुवीकरण अन्त्य गर्न देशभरका युवाहरू सक्रिय हुनेछन्। उनले छिट्टै देशव्यापी कार्यक्रमको कार्यतालिका सार्वजनिक गरिने बताएका छन्। भेलामा प्रतिमा गौतम, उमेशजंग रायमाझी, पुष्प पराजुली, मनोजमणि आचार्य र बिनोद कायस्थ लगायतका युवा नेताहरू सहभागी थिए।
उनीहरूले पार्टीभित्रको विभाजनले संगठन कमजोर बन्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। यसैबीच, कांग्रेस सभापति गगन थापा ले पनि पार्टीलाई एकताबद्ध बनाउने बताएका छन्। पोखरामा भएको कार्यक्रममा उनले आगामी १५ औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्ने योजना रहेको बताएका थिए।
युवा नेताहरूले महाधिवेशनअघि नै पार्टीभित्र एकता कायम गर्न दबाब दिने बताएका छन् ।







