रुग्ण ठेक्का तोडिने, दोषीमाथि छानबिन हुने

User Image Prime TV News एक महिना अगाडि
Image of रुग्ण ठेक्का तोडिने, दोषीमाथि छानबिन हुने

काठमाडाै । सरकारले सडक तथा पुल निर्माणका लागि सम्झौता भएका तर काम नगरी २३४ वटा रुग्ण ठेक्का तोड्ने निर्णय गरेको छ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत दमक, काठमाडौं, पोखरा, सुर्खेत, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग क्षेत्रका ठेक्का अलपत्र छन्।

मापदण्ड अनुसार प्रगति नगरेका वा समय म्याद धेरै पटक थपिएर पनि काम सम्पन्न नगरेका ठेक्कालाई रुग्ण ठहर गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ठेक्का तोड्न निर्देशन दिएका छन्। साथै, काम नगर्नेमा संलग्न अधिकारी र कर्मचारीमाथि छानबिन हुने र अनियमितता तथा ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गरिने स्पष्ट पारेका छन्।

उनले निर्माण व्यवसायीलाई कुनै पनि प्रलोभन दिन नपाउने र कर्मचारीलाई पूर्ण संरक्षण दिइने बताएका छन्।