राजेन्द्र बजगाईले कांग्रेस परित्याग
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफू अब नेपाली कांग्रेस मा नरहेको स्पष्ट पारेका हुन्।
आफ्नो निर्णय सार्वजनिक गर्दै बजगाईले पार्टीको वर्तमान अवस्थाप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले कांग्रेसभित्रको नेतृत्व र कार्यशैलीप्रति तीव्र आलोचना गर्दै लेखेका छन्, “अन्ततः कांग्रेसमा बसिएन। सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्।”
पछिल्लो समयदेखि नै बजगाई पार्टी नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका थिए। आन्तरिक विवाद र असन्तोष बढ्दै जाँदा उनले अन्ततः पार्टी छोड्ने निर्णय लिएका हुन्।







