हंगेरीमा ऐतिहासिक परिवर्तन: अर्बानको १६ वर्षे शासन समाप्त, मग्यारको उदय

User Image Prime TV News ३ हप्ता अगाडि
Image of हंगेरीमा ऐतिहासिक परिवर्तन: अर्बानको १६ वर्षे शासन समाप्त, मग्यारको उदय

काठमाडौ । युरोपेली देश हंगेरीमा लामो समयदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर अर्बानको शासन अन्त्य भएको छ। आइतबार सम्पन्न आमनिर्वाचनले देशको राजनीति नै उल्ट्याइदिएको छ।

मतगणना अन्तिम चरणमा पुग्दा अर्बान नेतृत्वको फिदेज पार्टी स्पष्ट रूपमा पराजित भएको छ। उनले करिब ३७ प्रतिशत मत मात्र पाएका छन्। यसको ठीक उल्टो, पिटर मग्यार नेतृत्वको टिस्जा पार्टीले ५३ प्रतिशत मत ल्याउँदै सत्तामा पुग्ने बाटो खोलेको छ ।

१६ वर्षसम्म सत्ता सम्हालेका अर्बानमाथि कडा नीति, लोकतान्त्रिक संस्थामाथि दबाब र अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको आरोप लाग्दै आएको थियो।

अर्बानले पराजय स्वीकार गर्दै यसलाई 'पीडादायी' बताएका छन् र मग्यारलाई बधाई दिएका छन्। उनी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सँग नजिक रहेको कारण पनि विवादमा थिए।

नयाँ नेतृत्वमा आएका मग्यारले भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य सेवा सुधार र सार्वजनिक यातायात सुदृढीकरणलाई प्राथमिकता दिएका छन्। उनले युरोपेली युनियन र नाटो सँगको सम्बन्ध सुधार्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्, जुन अर्बान शासनकालमा कमजोर बनेको थियो।

झण्डै ८० प्रतिशत मतदान भएको यो निर्वाचनलाई विश्लेषकहरूले ऐतिहासिक मानिरहेका छन्।