इरानमाथि नेतन्याहुको कडा अभिव्यक्ति, क्षेत्रीय तनाव थप चर्किने संकेत

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इरानमाथि नेतन्याहुको कडा अभिव्यक्ति, क्षेत्रीय तनाव थप चर्किने संकेत

काठमाडौ । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले इरानबारे कडा अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले इजरायलले समयमै कदम नचालेको भए इरान आजसम्म आणविक हतियार सम्पन्न देश बन्ने दाबी गरेका हुन्।

भिडियोमा नेतन्याहुले नक्सा देखाउँदै मध्यपूर्वको सुरक्षा अवस्थाबारे व्याख्या गरेका छन्। उनले इरानसँगै सिरिया, इराकयमन लाई उल्लेख गर्दै ती क्षेत्रलाई अस्थिरताको केन्द्रका रूपमा प्रस्तुत गरेका छन्।

मध्यपूर्वमा इरानसँग सम्बन्धित विभिन्न सशस्त्र समूह सक्रिय रहेको बताइएको छ। गाजामा हमास, लेबननमा हेज्बुल्लाह र यमनमा हुथी विद्रोही जस्ता समूहहरूलाई इरानको समर्थन रहेको मानिन्छ। यी सबैलाई 'प्रतिरोधको अक्ष' का रूपमा चिनिन्छ, जसलाई धेरै पश्चिमी देशहरूले आतंकवादी समूहको रूपमा सूचीबद्ध गरेका छन्।

पछिल्लो समय भने यी समूहहरू कमजोर बन्दै गएको विश्लेषण गरिएको छ। विशेषगरी गाजा र लेबननमा लगातार भइरहेको इजरायली आक्रमणले हमास र हेज्बुल्लाहको क्षमतामा ठूलो असर परेको बताइन्छ।

इरानले भने यी समूहहरूलाई अमेरिकी र इजरायली प्रभावको सामना गर्न सहयोग गरिरहेको विश्वास छ।