वर्षको अन्तिम दिन सुन–चाँदीको मूल्य घट्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । वर्षको अन्तिम दिन स्थानीय बजारमा सुन र चाँदीको मूल्य सामान्य रूपमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ। यो मूल्य हिजोको तुलनामा ४०० रुपैयाँले कम हो। अघिल्लो दिन सुन तोलामा २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको तुलनामा ७५ रुपैयाँले कम हो। अघिल्लो दिन चाँदी ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।
यससँगै वर्षको अन्तिम दिन बजारमा सुन–चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ।







