सम्पत्ति विवरणबारे गोकुल बास्कोटाको व्यंग्यात्मक टिप्पणी–‘मन्त्रीको खेतमा तोरी फुल्यो’

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सम्पत्ति विवरणबारे गोकुल बास्कोटाको व्यंग्यात्मक टिप्पणी–‘मन्त्रीको खेतमा तोरी फुल्यो’

काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसप्रति व्यंग्य गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै देशको अवस्था असामान्य देखिएको टिप्पणी गरेका छन्। डाँडाभरि लालीगुराँस फुल्ने समयमा मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेको भन्दै उनले सम्पत्तिको विवरणप्रति कटाक्ष गरे।

बास्कोटाले “समृद्धि आएछ, सुशासन त्यहीँबाट सुरु हुन्छ” भन्दै सरकारको कामप्रति पनि व्यंग्य गरेका छन्। उनले “जहाँ कंगाल, त्यहीँ चण्डाल” भन्ने उखान अहिले लागू नहुने जस्तो देखिएको उल्लेख गर्दै बालेन्द्र शाह को पुरानो फेसबुक स्ट्याटसलाई पनि जोडेर टिप्पणी गरेका छन्।

सम्पत्ति विवरण सार्वजनिक भएसँगै यस विषयमा सामाजिक सञ्जाल र राजनीतिक क्षेत्रमा चर्चा बढिरहेको छ।