आशा भोसलेको आज अन्त्येष्टि हुँदै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of आशा भोसलेको आज अन्त्येष्टि हुँदै

काठमाडौ । प्रख्यात भारतीय गायिका आशा भोसलेको आज अन्त्येष्टि गरिँदैछ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्त्येष्टि मुम्बईको शिवाजी पार्कमा राजकीय सम्मानका साथ गरिनेछ।

उनका छोरा आनन्द भोसलेका अनुसार बिहान १०:३० बजेदेखि दिउँसो २ बजेसम्म कासा ग्रान्डे भवनमा अन्तिम श्रद्धाञ्जली दिन सकिनेछ। अन्त्येष्टि अपराह्न ४ बजे हुनेछ। ९२ वर्षको उमेरमा आइतबार निधन भएकी आशा भोसलेलाई हृदयाघात भएपछि शनिबार साँझ ब्रिच क्यान्डी अस्पताल मा भर्ना गरिएको थियो।

उनले नेपालीसहित विभिन्न भाषामा थुप्रै गीत गाएकी थिइन्। उनको निधनले संगीत क्षेत्रमा ठूलो शोक छाएको छ।