केपी शर्मा ओलीको पित्तथैली शल्यक्रिया सफल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सफल भएको छ।
सोमबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराका अनुसार शल्यक्रिया सफल भएको छ र अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
चिकित्सकका अनुसार पित्तथैलीमा समस्या देखिएपछि डा. पल्लेस्वाँ जोशी लाखेको नेतृत्वमा शल्यक्रिया गरिएको हो। हाल ओली अस्पतालमै चिकित्सकको निगरानीमा रहेका छन्।







