नेप्सेमा सामान्य गिरावट, कारोबार ८ अर्बभन्दा बढी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेप्सेमा सामान्य गिरावट, कारोबार ८ अर्बभन्दा बढी

काठमाडौ । साताको पहिलो दिन सोमबार नेप्सेमा सामान्य गिरावट देखिएको छ। आज नेप्से ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा बन्द भएको छ।

बजारमा ३४२ कम्पनीका २ करोड १ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आज अधिकांश क्षेत्रका शेयर मूल्य घटेका छन्। होटल, हाइड्रो, लगानी, उत्पादन, म्युचुअल फण्ड र निर्जीव बीमा क्षेत्रबाहेक अन्य क्षेत्रमा गिरावट देखिएको छ।

केही कम्पनीका शेयर भने बढेका छन्। सुपर खुदी, होटल फोरेस्ट इन, सुर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टमा सकारात्मक सर्किट लागेको छ। रिज लाइन इनर्जीको शेयर पनि झण्डै १० प्रतिशतले बढेको छ। यस दिन सबैभन्दा धेरै गिरावट युनिक नेपाल लघुवित्तको शेयरमा देखिएको छ, जुन ३.६० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रो अग्रस्थानमा रह्यो भने रिडी पावर दोस्रो स्थानमा रहेको छ। समग्रमा आज बजारमा गिरावट देखिए पनि केही कम्पनीका शेयरमा भने उत्साहजनक वृद्धि देखिएको छ।