नयाँ वर्षमा ज्ञानेन्द्र शाहको सन्देश: युवाको भूमिका महत्वपूर्ण
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सबै नेपालीलाई शुभकामना दिएका छन्।
सोमबार सार्वजनिक सन्देशमा उनले देश र समाजलाई अघि बढाउन युवाहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्। शिक्षित र प्रविधिमा निपुण युवाहरू सक्रिय हुँदा देशले राम्रो दिशा लिने उनको विश्वास छ।
शाहले पछिल्ला वर्षहरूमा देश अपेक्षित रूपमा अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले दलीय राजनीतिको खिचातानीले विकासमा असर परेको बताएका छन्। उनले देशको आर्थिक अवस्था सुधार गर्न छिमेकी र मित्र राष्ट्रसँगको सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।
साथै, आन्तरिक सुरक्षा बलियो बनाउन पनि आवश्यक रहेको उल्लेख गरेका छन्। त्यस्तै, उनले देशलाई आत्मनिर्भर बनाउन र आफ्नै स्रोत–साधनको सही उपयोग गर्नुपर्ने बताएका छन्। सन्देशमा उनले आपसी विवाद त्यागेर संवाद र सहकार्यबाट समस्या समाधान गर्न सबैलाई आह्वान गरेका छन्।







