प्रधानमन्त्रीको भारत भ्रमणबारे अझै मिति तय भएको छैनः परराष्ट्रमन्त्री खनाल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति अझै तय नभएको बताएका छन्।
मोरिससबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पत्रकारसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बाट निम्तो आएको जानकारी दिए। उनका अनुसार नेपाल र भारतबीच रहेका विभिन्न संयन्त्रहरूलाई सक्रिय बनाएर प्राविधिक काम पूरा भएपछि मात्रै उच्चस्तरीय भ्रमण हुने तयारी गरिएको छ।
उनले केही संयन्त्र अहिले निष्क्रिय अवस्थामा रहेकाले पहिले तीलाई सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको बताए। परराष्ट्रमन्त्री खनाल नवौं भारतीय महासागर सम्मेलनमा सहभागी हुन मोरिसस गएका थिए। त्यस क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकर सँग पनि छलफल गरेका थिए।







