पत्रकारद्धय शंकर अर्याल र शिरोमणि दवाडी पुरस्कृत

User Image Prime TV News ३ हप्ता अगाडि
Image of पत्रकारद्धय शंकर अर्याल र शिरोमणि दवाडी पुरस्कृत

काठमाडौ । यस वर्षको ‘स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार’ पत्रकार शंकर अर्याललाई प्रदान गरिएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय अर्यालले पुर्‍याएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । करिब १४ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय रहेका अर्याल हाल रातोपाटी डटकममा कार्यरत छन् । 

नेपाल पत्रकार मञ्चले प्रत्येक वर्ष उत्कृष्ट एक जनालाई छनोट गरी सो पुरस्कार प्रदान गर्दै आएको छ । मध्यान्ह राष्ट्रिय दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठले आफ्नो स्व. बुबाको सम्झनामा सो पुरस्कार स्थापना गरेकी हुन् । उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । 

यस्तै ‘उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार २०८२’ वरिष्ठ सञ्चारकर्मी शिरोमणि दवाडीलाई प्रदान गरिएको छ । तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दवाडीलाई दीर्घकालीन योगदानको कदरस्वरूप सम्मान गरिएको हो । 

सो पुरस्कारको राशि ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार मञ्चका पूर्वमहासचिव एवं सल्लाहकार रामप्रसाद पौडेलले स्थापना गरेका हुन् ।