प्रधानमन्त्री बालेन शाहले बागमतीका सांसदसँग छलफल गरे
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सांसदहरू र प्रधानमन्त्रीबीच विभिन्न विषयमा कुराकानी भएको हो।
यसअघि उनले कोशी, मधेस, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका सांसदहरूसँग पनि छलफल गरिसकेका थिए। छलफलका क्रममा प्रधानमन्त्री शाहले जिल्लाका समस्या र तिनका समाधानका उपायबारे सांसदहरूसँग जानकारी लिएका थिए। सरकार र जनप्रतिनिधिबीच समन्वय बढाउने उद्देश्यले यस्तो छलफल गरिएको बताइएको छ।







