कांग्रेसभित्र क्रियाशील सदस्यता खारेजबारे विवाद
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता खारेज गर्ने विषयलाई लिएर विवाद देखिएको छ। सभापति गगन थापाले चैत २५ मा मधेस प्रदेशमा भएको चुनावी समीक्षा कार्यक्रममा क्रियाशील सदस्यता खारेज गरिएको घोषणा गरेका थिए।
तर उक्त निर्णयप्रति निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपत्ति जनाएका छन्। उनले पार्टी सदस्यता कुनै पनि नेताको आवेग, उत्तेजना वा भाषणका आधारमा खारेज गर्न नसकिने बताएका छन्। पार्टीको सदस्यता प्रणालीलाई हल्का रूपमा लिन नहुने उनको भनाइ छ।
यससँगै क्रियाशील सदस्यता खारेजको विषयलाई लिएर कांग्रेसभित्र फरक–फरक धारणा देखिन थालेको छ।









