नेपालका अधिकांश जिल्लामा मानव बेचबिखनका घटना

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपालका अधिकांश जिल्लामा मानव बेचबिखनका घटना

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा हरेक वर्ष औसतमा ३५१ मानव बेचबिखनका घटना हुने गरेको जनाएको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार देशका ७७ मध्ये ७० जिल्लामा यस्ता घटना भइरहेको पाइएको छ।

आयोगका अध्यक्ष तपबहादुर मगरले मानव बेचबिखनसम्बन्धी मुद्दाहरू अदालतबाट छिटो टुंगो लगाउनुपर्ने बताएका छन्। उनले यस्ता घटनामा न्याय प्रक्रिया ढिलो हुने समस्या रहेको बताए। उनका अनुसार मानव बेचबिखन रोक्न सरकारको काम प्रभावकारी हुन सकेको छैन। विपन्नता घटाउने, रोजगारी बढाउने र जनचेतना फैलाउने काम अझै आवश्यक रहेको उनले बताए।

प्रतिवेदनमा रोजगारीको प्रलोभन देखाएर विदेश लैजाने, महिलाको डिम्ब तस्करी गर्ने, बालबालिकालाई पढाइको नाममा बेचबिखन गर्ने जस्ता घटना भइरहेको उल्लेख छ। यससँगै पछिल्लो समय मानव बेचबिखनका नयाँ तरिका पनि देखिन थालेको आयोगले जनाएको छ।