सम्पत्ति विवरणभन्दा कर अभिलेख बढी भरपर्दो हुने रामेश्वर खनालको भनाइ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सम्पत्ति विवरणभन्दा कर अभिलेख बढी भरपर्दो हुने रामेश्वर खनालको भनाइ

काठमाडौ । पूर्वअर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणको भरपर्दोपनमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक रूपमा पेश गरिने सम्पत्ति विवरणहरू सधैं पूर्ण र अद्यावधिक नहुन सक्ने भन्दै त्यसलाई मात्र आधार बनाएर आर्थिक पारदर्शिता मूल्यांकन गर्न कठिन हुने बताएका छन्।

खनालका अनुसार आन्तरिक राजस्व कार्यालयमा पेश गरिने आय विवरण र कर चुक्ता प्रमाणपत्रहरू बढी विश्वसनीय हुन्छन्। यी अभिलेखहरू प्रमाणित र परीक्षणयोग्य हुने भएकाले आर्थिक इमानदारी मापनका लागि उपयुक्त हुने उनको भनाइ छ।

उनले आर्थिक सुशासनका लागि करसम्बन्धी अभिलेखलाई प्राथमिक आधार बनाउनुपर्नेमा जोड दिएका छन्। खनालले सम्पत्ति विवरणको तुलनामा कर अभिलेखले व्यक्तिको वित्तीय पारदर्शिताबारे बढी स्पष्ट जानकारी दिने बताएका छन्।