गृहमन्त्रीको कार्यशैलीमाथि रास्वपा सांसदहरूले गरे प्रधानमन्त्री बालेन संग गुनासो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of गृहमन्त्रीको कार्यशैलीमाथि रास्वपा सांसदहरूले गरे प्रधानमन्त्री बालेन संग गुनासो

काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गृहमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह सँग भएको छलफलका क्रममा काभ्रे–१ का सांसद मधुकुमार चौलागाईं र धादिङ–१ की सांसद आशिका तामाङले गृहमन्त्रीको कार्यशैलीबारे गुनासो गरेका हुन्।

उनीहरूले गृहमन्त्री जिल्लामा जाँदा सांसदहरूसँग समन्वय नगरेको भन्दै आपत्ति जनाएका छन्। सांसदहरूको भनाइ उद्धृत गर्दै स्रोतले भने अनुसार, गृहमन्त्री सडक–सडक हिँड्ने तर स्थानीय समस्या बुझ्न सांसदसँग समन्वय नगर्ने गरेको गुनासो गरिएको हो।

सांसदहरूले यसरी समन्वयविना गरिने भ्रमणले वास्तविक समस्या बुझ्न कठिन हुने बताएका छन्। छलफलमा सांसदहरूले मन्त्रीलाई समन्वय गरेर मात्रै काम गर्न सुझाव दिएका छन्।