होर्मुज स्ट्रेटमा अमेरिकी नाकाबन्दी, इरानी जहाजलाई कडा चेतावनी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of होर्मुज स्ट्रेटमा अमेरिकी नाकाबन्दी, इरानी जहाजलाई कडा चेतावनी

काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटमा नाकाबन्दी सुरु गरेका छन्। यो कदम अमेरिकी समयअनुसार सोमबार बिहान १० बजेदेखि लागू गरिएको हो।

ट्रम्पले नाकाबन्दी क्षेत्रतर्फ आउने इरानी जहाजलाई कडा चेतावनी दिएका छन्। उनले त्यस्ता जहाजलाई तुरुन्तै नष्ट गरिने बताएका छन्।

उनका अनुसार अब होर्मुज स्ट्रेटबाट जाने सबै जहाजलाई रोकिने र जाँच गरिनेछ। इरानसँग सम्बन्धित वा इरानलाई शुल्क तिरेका जहाजहरूलाई विशेष निगरानीमा राखिनेछ।

ट्रम्पले यस कारबाहीलाई लागुपदार्थ तस्करी रोक्ने शैलीमा “छिटो र कडा” रूपमा लागू गरिने बताएका छन्। यो निर्णयपछि अमेरिका र इरानबीचको तनाव अझ बढ्ने देखिएको छ। अवस्था बिग्रियो भने ठूलो द्वन्द्वमा जान सक्ने जोखिम पनि बढेको छ ।