लेबनन–इजरायल द्वन्द्व अन्त्यका लागि अमेरिकामा वार्ता, हेज्बुल्लाहको असहमति
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । लेबनन र इजरायलबीच जारी द्वन्द्व अन्त्य गर्ने प्रयासस्वरूप आज वासिङ्टनमा उच्चस्तरीय वार्ता हुँदैछ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोको उपस्थितिमा हुने उक्त छलफलमा अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेटर र लेबननी राजदूत नादा हमादेह मोआदले विदेश मन्त्रालयमा रुबियोसँग वार्ता गर्नेछन्।
वार्ताको मुख्य उद्देश्य दक्षिणी लेबननमा भइरहेको हिंसात्मक गतिविधि रोक्नु हो। लामो समयदेखि जारी आक्रमणका कारण अवस्था गम्भीर बनेको छ। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट हालसम्म २ हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने ६ हजार ५ सयभन्दा बढी घाइते भएका छन्। साथै, लाखौँ नागरिक विस्थापित भएका छन्।
यता,हेज्बुल्लाहले भने शान्ति प्रक्रियामा असहमति जनाएको छ। हेज्बुल्लाहले इजरायलसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको छ। यसले शान्ति प्रयासलाई जटिल बनाएको छ। एकातिर कूटनीतिक पहल भइरहेको छ भने अर्कोतिर प्रमुख पक्षको असहमतिले समाधान अझै टाढा देखिएको छ।







