काठमाडौमा राति बस सेवा सुरु, दुई रुटमा चल्ने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of काठमाडौमा राति बस सेवा सुरु, दुई रुटमा चल्ने

काठमाडौ । काठमाडौं महानगरपालिकाले आजदेखि राति बस सेवा सुरु गरेको छ। यो सेवा साझा यातायात सँग मिलेर सञ्चालन गरिएको हो।

बस सेवा दुई रुटमा चल्नेछ। पहिलो रुट लगनखेल देखि बुढानिलकण्ठ सम्म र दोस्रो रुट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि थानकोट सम्म हुनेछ।

यी बसहरू राति ८ बजेदेखि ११ बजेसम्म चल्नेछन्। प्रत्येक २० मिनेटमा बस पाइनेछ। सुरुमा ७ वटा बस राखेर सेवा सुरु गरिएको छ।

यात्रु सुरक्षित रहून् भनेर प्रत्येक बसमा नगर प्रहरी राखिएको छ। बसमा सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ, जसले सबै गतिविधि निगरानी गर्छ।

यो सेवा ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानिलकण्ठ नगरपालिका सँग मिलेर सुरु गरिएको हो। राति काम गर्ने मानिस र विमानस्थल जाने–आउने यात्रुलाई यसले धेरै सजिलो हुने विश्वास गरिएको छ।