प्रधानमन्त्री बालेनले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन्।
उक्त कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नेछन्। यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको जनाइएको छ।
यसअघि विभिन्न प्रदेशका सांसदहरूसँग अलग अलग अन्तरक्रिया गरेका प्रधानमन्त्री शाहले समानुपातिक सांसदलाई वेवास्ता गरेको भन्दै आलोचना भएको थियो।







