कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिए । कांग्रेसले आज नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ ।
त्यसबारे पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् । त्यस्तै पार्टीको १५ औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।







